वीरगन्ज :

बाराबाट ३२ किलो गाँजासहित एक जना पक्राउ

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.9kViews
1600 Shares

बीरगन्ज,२७ चैत । बारामा प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ का ४२ वर्षीय सोमबहादुर मोक्तान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा चेकजाँचका क्रममा ना १ ह ८९६१ नम्बरको अटोरीक्षामा लुकाइछिपाइ ल्याइएको अवस्थामा ३२ किलो गाँजा बरामद गरिएको हो।

हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको उक्त अटोमा शंका लागि चेकजाँच गर्दा ठूलो मात्रामा लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले अटो चालक मोक्तानलाई पक्राउ गरी लागू औषधसहित नियन्त्रणमा लिएको हो। हाल आरोपीलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *