वीरगन्ज :

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै जनमत पार्टीका उपाध्यक्ष साहलाई ६ महिनाका लागि निलम्बन

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1727 Shares

जनकपुर,२२ चैत । जनमत पार्टीले आफ्ना उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक दीपककुमार साहलाई पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनु अघि महोत्तरीको बर्दिबासमा साहलाई सात दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटिएको थियो। तर, उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको जनाउँदै पार्टीले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

निलम्बनको पुष्टि गर्दै साहले भने, “पार्टीले मलाई ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिएको छ।”

पार्टीभित्र आफूले जिम्मेवारी अनुसारको भूमिका नखेलेको, अध्यक्ष सीके राउतविरुद्ध गतिविधि गरेको लगायतका आरोप उनीमाथि लगाइएको छ। तर साहले भने ती सबै आरोपको प्रमाण माग्दै आफ्नो स्पष्टीकरण बुझाएको दाबी गरेका छन्।

साहको निलम्बनलाई लिएर जनमत पार्टीभित्रको आन्तरिक कलह अझै चुलिन सक्ने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *