श्रेणी : अपराध
      2.9kViews
      
      
      1258
      Shares
      
      
रौतहट,२२ चैत । रौतहटमा बेपत्ता भएको आठौं दिनमा ५० वर्षीया महिलाको शव गाडेको अवस्थामा फेला परेको छ। घटनास्थल वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित जंगलमा रहेको प्रहरीले जनाएको छ।
मृतक महिलाको पहिचान फूलमतिया देवीको रुपमा गरिएको छ। उनी चैत १४ गतेदेखि घरबाट बेपत्ता भएकी थिइन्, र आठ दिनपछि उनकाे शव गाडेको अवस्थामा फेला परेको हो।
रौतहट प्रहरीले घटनाबारे थप जानकारी दिनुपर्दा, शव विश्रामपुरको जंगलमा गाडिएको अवस्थामा भेटिएको र उक्त स्थानमा तालिम प्राप्त कुकुरको सहयोगमा खोजी गर्दा शव पाइएको जनाएको छ।
प्रहरीले हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ, र यस सिलसिलामा दुई जनालाई पक्राउ गरेको पनि जानकारी दिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया