वीरगन्ज :

गृहमन्त्रीले राजिनामा नदिए आन्दोलन थप चर्काउने राप्रपाकाे चेतावनी

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
1.6kViews
1341 Shares

काठमाडौं,२१ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सरकारलाई कडा चेतावनी दिएको छ। बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सिंहदरबार पुगेको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चैत १५ गतेको घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको हो।

राप्रपाले गृहमन्त्री लेखकसहित उक्त घटनामा संलग्न प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गर्नुपर्ने अडान लिएको छ। साथै, मृतकहरूलाई शहीद घोषणा गर्न, नेता रवीन्द्र मिश्र, डा. धवल शमशेर राणा लगायत अन्य बन्दीहरूलाई तुरुन्त रिहा गर्न तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग राखेको छ।

राप्रपाले घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा मानव अधिकार आयोग र नागरिक समाजको सहभागितामा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने मागसमेत गरेको छ।

सरकारले आफ्ना मागहरू वेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिँदै राप्रपाले सरकारले एकपक्षीय ढंगले अगाडि बढे त्यसको प्रतिरोध गर्न बाध्य हुने बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *