वीरगन्ज :

प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक्न नगर प्रहरी परिचालन

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.6kViews
1706 Shares

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः खटाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक्न नगर प्रहरी परिचालन गरेका छन्।

तर, महानगरका कर्मचारी भने गुरागाईंको स्वागतका लागि तयार रहेको देखिन्छ।

गत पुस ५ गते काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको आरोप लगाउँदै मेयर शाहले गुरागाईंलाई हटाउने निर्णय गरेका थिए। तर, आन्तरिक छानबिनपछि उनी निर्दोष देखिएको निष्कर्ष निकालिएको थियो। त्यसपछि संघीय मामिला मन्त्रालयले गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर फिर्ता पठाएको हो।

प्रशासकीय अधिकृतविहीन अवस्थामा महानगरपालिकाका काम प्रभावित भएका छन् भने कर्मचारीहरूले तलबसमेत पाउन सकेका छैनन्।

गुरागाईंलाई पुनः खटाउने सरकारको निर्णयप्रति असन्तुष्ट बालेनले सामाजिक सञ्जालमार्फत लगातार सरकारविरुद्ध आक्रोश पोखिरहेका छन्। यस विषयमा महानगर र संघीय सरकारबीच द्वन्द्व चर्किरहेको छ।

बालेनको एकल निर्णयप्रति महानगरकी उपमेयर सुनिता डंगोल भने असहमति जनाउँदै आएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *