वीरगन्ज :

धनुषामा एक दर्जन अवैध निजी विद्यालय तालाबन्दी

श्रेणी : अपराध

4 months
Pradeep Sah
3.0kViews
1638 Shares

जनकपुर, चैत २० । धनुषाको मुखियापटी गाउँपालिकामा अवैध रूपमा दर्ता विना सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालय आजबाट बन्द गरिएका छन्। पटक–पटक सूचना जारी गरिए पनि कानुनी प्रक्रिया पूरा नगरेपछि बाध्य भएर विद्यालयहरू बन्द गराइएको पालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम शिक्षा व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको बताउँदै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न अवैध विद्यालयहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

बन्द गरिएका विद्यालयहरूमध्ये न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशाला लगायत छन्।

पालिका अध्यक्ष यादवले अभिभावकलाई अवैध विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना नगर्न अनुरोध गरेका छन्। साथै, उनले विद्यालय सञ्चालकहरूलाई कानुनी प्रक्रिया पूरा गरी विद्यालय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *