वीरगन्ज :

बीरगन्जको सडक विस्तारभन्दा समग्र विकास आवश्यक: प्रभु साह

श्रेणी : अर्थ

6 months
Pradeep Sah
2.2kViews
1538 Shares

बीरगन्ज, १९ चैत्र । आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले वीरगञ्जको सडक २५/२५ मिटर फराकिलो बनाउने आवश्यक नरहेको बताएका छन्। उनले हाल अस्तित्वमा रहेका संरचनाहरू भत्काउनुको सट्टा नयाँ विकास परियोजनाहरू अघि बढाउनु जरुरी रहेको उल्लेख गरे।

उनका अनुसार मधेसको आर्थिक केन्द्रका रूपमा परिचित बीरगन्जमा गाउँबाट मानिसहरू सुख-सुविधाको खोजीमा आउने गरेका छन्। त्यसैले पुरानै मोडलमा सीमित नभई, आधुनिक ढाँचामा शहरको विकास गर्न आवश्यक रहेको उनले बताए।

सांसद साहले पछिल्लो समय बाईपास रोड बनेपछि आदर्शनगरदेखि भिष्वा बर्सपार्क क्षेत्रको चाप कम भएको उदाहरण दिँदै बीरगन्जका प्रमुख स्थानहरू, विशेष गरी घण्टाघर र माईस्थान क्षेत्रको चाप कम गर्न दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिए ।

काठमाडौंको विकास मोडलबारे चर्चा गर्दै उनले बीरगन्जको सबैभन्दा व्यस्त क्षेत्र घण्टाघर र माईस्थान रहेकाले, यी स्थानहरूको व्यवस्थापनसहित समग्र बीरगन्जको समुचित विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *