वीरगन्ज :

गोली हान्नेमाथि कारबाहीको माग गर्दै कोटेश्वर क्याम्पसका विद्यार्थी आन्दोलित

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.2kViews
1613 Shares

काठमाडौं,१९ चैत । कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले गोली लागेर घाइते भएकी रेविका खत्री र उनका दाइका लागि न्याय माग्दै प्रदर्शन गरेका छन्।

क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययन गरिरहेकी विद्यार्थी रेविका खत्रीलाई गत चैत १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको र अस्पतालको सघन उपचार कक्षमा उपाचार भइरहेको विद्यार्थीले बताएका छन्।सो घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनकारी विद्यार्थीहरूले कोटेश्वर क्षेत्रभर नारा जुलुस गर्दै न्यायको माग गरेका छन्। उनीहरूले “न्याय देऊ, अन्याय सहँदैनौं!”, “पीडितलाई न्याय, दोषीलाई कारबाही!” जस्ता नारा लगाएका थिए।

विद्यार्थीहरूका अनुसार, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। रेविका खत्री र उनका दाइको अवस्था गम्भीर रहेको र उनीहरू अहिले अस्पतालमा उपचाररत रहेको जानकारी प्राप्त भएको छ।

यस विषयमा प्रशासनको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *