वीरगन्ज :

वर्तमान सरकार असफल भएको आम जनताका अध्यक्ष प्रभु साहको भनाई

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1974 Shares

बीरगन्ज,१९ चैत । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार असफल भइसकेको दाबी गरेका छन्। बीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादी आन्दोलनका क्रममा भएको धनजनको क्षतिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

पत्रकारहरूसँगको कुराकानीमा साहले प्रत्येक आन्दोलनमा भएको क्षतिको जिम्मा राज्यले लिने प्रचलन रहेको बताउँदै हालको परिस्थिति सिर्जना हुनुमा सरकार स्वयं जिम्मेवार रहेको उल्लेख गरे। उनका अनुसार, सरकारको कमजोरीकै कारण देशमा अस्थिरता बढिरहेको छ।

बीरगन्जको ओम पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले राजा र लोकतन्त्र एकैसाथ रहन नसक्ने दाबी गरे। उनले वर्तमान संविधानलाई अपूरो भन्दै अहिलेको संकटको मूल जड संविधानकै कमजोरी रहेको बताए।

“संविधान लेखनको समयमा नै मैले यसमा विमति जनाएको थिएँ,” साहले भने, “त्यसबेला उठाएका मेरा सवालहरूको जवाफ अहिलेको सरकारले दिनुपर्ने हुन्छ।”

उनले वर्तमान सरकारको आलोचना गर्दै संविधान संशोधनबिना देशको स्थायित्व सम्भव नभएको बताए। साहले सरकारलाई कमजोर भन्दै अबको बाटो सुधारको खोजी गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *