वीरगन्ज :

माओवादीको स्थगित तराई–मधेश जागरण अभियान चैत २२ देखि सुरु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1948 Shares

काठमाडौं,१९ चैत । नेकपा माओवादी केन्द्रको स्थगित गरिएको तराई–मधेश जागरण अभियान अब चैत २२ गतेबाट पुनः सुरु हुने भएको छ। सोमबार प्रचण्ड निवास, खुमलटारमा भएको पार्टीको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीका सचिव दीनानाथ शर्माका अनुसार, अभियानको मोडालिटीमा केही परिवर्तन गरिएको छ। चार दिन लगातार अभियान सञ्चालन गरेपछि एक दिनको ब्रेक दिइने व्यवस्था गरिएको छ। अभियानका क्रममा प्रतिगामी षड्यन्त्रविरुद्ध बुद्धिजिवी र गणतन्त्र पक्षधरसँग अन्तर्क्रिया गरिने उनले जानकारी दिए।

बैठकमा आन्तरिक विषयहरूमा पनि गम्भीर छलफल भएको थियो, जसका कारण बैठक भोलि पनि पुनः बोलाइएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *