वीरगन्ज :

पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री ओली

श्रेणी : BANNER

3 months
Pradeep Sah
2.5kViews
1084 Shares

काठमाडौं,१९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सुरेश रजकको परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ। चैत १५ गतेको तीनकुने घटनामा मारिएका पत्रकार रजकको परिवारसँग प्रधानमन्त्रीले बालुवाटारमा भएको भेटमा सरकारको सहयोगको आश्वासन दिएका छन्।

प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारलाई आग्रह गर्दै, रजककी पत्नी सुजनलाई रोजगारी र अन्य आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने कुरा बताउनुभयो। उहाँले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, यस अराजक घटनामा ज्यान गुमाएका सुरेश रजकको परिवारप्रति समवेदना व्यक्त गर्नुभयो।

प्रधानमन्त्रीले भने, “दुःखद घटनाको छानबिन भइरहेको छ र दोषीलाई कडा कारबाही गरिने छ।” साथै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेश रजकका दाजु रमेश र दिनेश रजक पनि सहभागी थिए।

यस घटनाले पत्रकारिता क्षेत्रको सुरक्षा र पत्रकारहरूको अधिकारका विषयमा नयाँ बहस सुरु गरेको छ, र सरकारले यसप्रति संवेदनशीलता देखाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *