वीरगन्ज :

सशस्त्र प्रहरीले जिराभवानीबाट ८० किलो भारती कुखुरा बरामद

श्रेणी : अपराध

1 year
Pradeep Sah
1.7kViews
1899 Shares

पर्सा,१३ चैत । सशस्त्र प्रहरीले जिराभवानी गाउँपालिकाबाट ८० किलो अवैध भारती कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीबाट निरीक्षक नरेन्द्रसिंह बिष्टको नेतृत्वमा गएको टोलीले जिराभवानी गाउँपालिका-२, बसन्तपुरबाट ना ३८ प ३१५८ नम्बरको मोटरसाइकलसहित उक्त कुखुरा नियन्त्रणमा लिएको हो।

बरामद कुखुरा जिराभवानी वडा नम्बर–२ का वडा अध्यक्ष महादेव महतो थारु, पर्सा ग्रामीण कुखुरा व्यवसायी संघका सदस्य जितेन्द्र यादव, स्थानीय पशु क्वारेन्टाइन अधिकारी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको छ। साथै, बरामद मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रवक्ता नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *