वीरगन्ज :

कुलमान बर्खास्तीको बचाउमा आन्दोलनको अर्थ छैन : प्रधानमन्त्री ओली

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.9kViews
1315 Shares

काठमाडौं,१२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको बचाउ गर्दै, यस विषयमा भइरहेको विरोधको कुनै अर्थ नभएको बताएका छन्।

राजधानीमा आयोजित कांग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुलमानको बर्खास्तीप्रति सडक आन्दोलन गरिनु अनावश्यक भएको बताए।

“केही व्यक्तिहरू इस्यु पाइयो भनेर तिललाई पहाड बनाउन लागेका छन्। यसको कुनै अर्थ छैन,” प्रधानमन्त्री ओलीले भने।

उनी भन्छन् कि मन्त्रिपरिषद्को निर्णय स्वाभाविक रहेको छ। उनका अनुसार सरकार बाहिरबाट कसैलाई नियुक्त गर्नुभन्दा संस्थाभित्रकै अधिकारीलाई जिम्मेवारी दिएको हो। “अघिल्लो सरकारले हितेन्द्र शाक्यलाई निकम्मा बनाएर सरुवा गरिदिएको थियो। अहिले सरकार फेरि उहाँलाई जिम्मेवारीमा ल्याएको हो,” उनले स्पष्ट पारे।

एक व्यक्तिले संस्थाभन्दा माथि हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउन सरकार अघि बढिरहेको दाबी गरे।

“अहिले म सरकारको नेतृत्वमा छु। १५ महिनापछि शेरबहादुर देउवा सरकारको नेतृत्वमा आउनुहुन्छ। जो भए पनि देश र जनताको हितका लागि काम गर्नुपर्छ,” उनले भने।

प्रधानमन्त्री ओलीका अनुसार सरकार देश र जनताको हितमा क्रियाशील रहेको छ, र कुनै पनि निर्णय लोकतान्त्रिक प्रक्रियाभित्र रहेर गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *