वीरगन्ज :

कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघरमा प्रदर्शन

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.0kViews
1091 Shares

काठमाडौं,१२ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारले गरेको निर्णयको विरोधमा स्वतन्त्र नागरिकहरूको तर्फबाट युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा सत्तारुढ दलका नेताहरू समेत आक्रोशित भएका छन्। प्रदर्शनकारीहरूले सरकारको निर्णयको विरोध गर्दै नारेबाजी गरेका छन्।

बर्खास्तगीको निर्णय पछि मंगलबार बिहानैदेखि रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा सुरक्षा व्यवस्था कडा गरिएको छ। प्रदर्शनको बढ्दो दबाबका बीच, सरकार र प्राधिकरणका अधिकारीहरू विचारमग्न रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *