वीरगन्ज :

बीरगन्जकाे ठाकुरराम क्याम्पसको मतगणना विवाद सुल्झाउने प्रयास जारी

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.1kViews
1630 Shares

बीरगन्ज, ११ चैत्र । स्ववियु निर्वाचन भएको एक साता बितिसक्दा पनि बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको चुनावी नतिजा आउन सकेको छैन । मतगणनाको क्रममा विवाद भएपछि रोकिएको मतगणना अझै सुरु हुन नसक्दा मतपरिणाम आउन ढिलाइ भएको हो ।

मत गणनाको क्रममा मतपेटिकामा उल्लेख सिल नम्बर र मुचुल्कामा फरक भेटिएको भन्दै विद्यार्थीहरूले विरोध गरेपछि गणना रोकिएको थियो ।

क्याम्पस प्रमुख रञ्जितप्रसाद यादवका अनुसार मतगणना अघि बढाउन अझैं सहमतिको प्रयास भइरहेको छ ।

आज पनि विद्यार्थी संघसंगठनहरुका प्रतिनिधिहरुसँग छलफल भएको प्रमुख यादवले बताए ।
ठाकुरराम क्याम्पसमा कुल १० हजार ७२९ मतदाता रहेकोमा ४ हजार २९९ जनाले मतदान गरेका थिए । जसमध्ये १ हजार ६ मत गणना भइसकेको छ ।

मतपेटिकामा लगाइएको सिल नम्बर मुचुल्का उठाउँदा भन्दा फरक भेटिएपछि गत बिहीबार अपराह्नदेखि मतगणना स्थगित भएको पर्साका एसपी गौतम मिश्रले जानकारी दिए ।

विवाद समाधान हुन नसकेपछि असन्तुष्ट विभिन्न विद्यार्थी संगठन र उम्मेदवारका समर्थकहरूले क्याम्पस प्रशासन, निर्वाचन अधिकृतविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

मतपेटिकाको सिल नम्बर र क्याम्पस प्रशासनसँग रहेको मुचुल्काको सिल नम्बर फरक भेटिनुलाई उनीहरूले षडयन्त्र भनेका छन् ।

असन्तुष्ट विद्यार्थी समूहले क्याम्पस प्रमुख रञ्जितकुमार यादव र निर्वाचन अधिकृत दिलीप सिंह सत्ताधारी दलनिकट सङ्गठनलाई जिताउन लागेको आरोप लगाउँदै पुनः मतदान हुनुपर्ने माग समेत अघि सारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *