वीरगन्ज :

योजना र सरुवा बढुवाका लागि फोन नर्गन अध्यक्ष राउतको निर्देशन

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.7kViews
1259 Shares

काठमाडौँ, ७ चैत्र । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीका नेता तथा कार्यकर्तालाई विकास निर्माण योजनाको सिफारिस तथा सरुवा बढुवाका लागि आफूलाई फोन नगर्न स्पष्ट निर्देशन दिएका छन् ।

मधेस प्रदेशमा विभिन्न विकास योजनाका पत्रहरू वितरणबारे भइरहेको विवाद र असन्तुष्टिबीच अध्यक्ष राउतले फेसबुकमार्फत आफ्नो धारणा राख्दै यस्तो आग्रह गरेका हुन् ।

उनले पार्टीका अधिकांश कार्यकर्ताहरू आफ्ना वडाका योजनाहरू नपाउँदा असन्तुष्ट रहेको उल्लेख गर्दै भने, ‘हजारौँ योजना छन्, कुन पत्र कहाँ छन्, कसले पाए, कसले पाउनु पर्ने? यी सबैको हिसाब पार्टी अध्यक्ष वा पार्टीले राख्ने कुरा होइन ।’

राउतले जनमत पार्टीका इमानदार कार्यकर्ताहरू यस्ता विवादित योजनामा नफस्न चेतावनी समेत दिएका छन् ।

यदि पार्टीको नीति, निर्देशन र भिजनअनुसार काम हुन नसके सरकारबाट बाहिरिने निर्णय लिन सकिने उनले स्पष्ट पारे। साथै, मधेस सरकार वा त्यसमा रहेका जनमत पार्टीका मन्त्रीहरूको गतिविधिबारे पटक-पटक फोन नगर्न अनुरोध गर्दै उनले सम्बन्धित निकायसँग सम्पर्क गर्न सुझाव दिए ।

राउतले पार्टी अध्यक्ष, संगठन विभाग वा प्रशिक्षण विभागलाई संगठन विस्तारको काम गर्न दिनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *