वीरगन्ज :

शिलबन्दी नम्बर नमिल्दा ठाकुरराम क्याम्पसमा मतगणना विवादित

श्रेणी : BANNER

4 months
Pradeep Sah
1.8kViews
1005 Shares

बीरगन्ज, ७ चैत्र । बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना शिलबन्दी नम्बर नमिल्दा विवादित बनेको छ ।

मतपेटिकामा लगाइएको शिलबन्दी नम्बर नमिल्दा उम्मेदवारहरूबीच विवाद उत्पन्न भएको हो, जसका कारण मतगणना प्रक्रिया अवरुद्ध भएको निर्वाचन समितिले जनाएको छ। मतगणना स्थलमा तनाव बढ्दै गएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने पत्रकारहरूलाई समेत भोट गणना स्थलमा प्रवेशमा रोक लगाइएको छ । निर्वाचन समितिले मतगणना कहिले सुचारु हुन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी दिएको छैन, तर समस्या समाधानका लागि छलफल भइरहेको जनाएको छ ।

मतगणना रोकिँदा अघि सार्वजनिक पछिल्लो परिणामअनुसार, राजकुमारले ४२० मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुक २६१ मतसहित दोस्रो स्थानमा छन्। समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतसहित तेस्रो स्थानमा, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो स्थानमा, र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पवन यादव १५० मतसहित पाँचौँ स्थानमा छन्। मुख्य प्रतिस्पर्धा भने राजकुमार र विकासबीच देखिएको छ ।

निर्वाचन समितिका संयोजक दिलीप सिंहका अनुसार, कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेका छन्। मतगणना विवाद समाधान नभएसम्म गणना प्रक्रिया अगाडि नबढ्ने भएकाले विद्यार्थीहरूमा अन्योलको अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *