वीरगन्ज :

बीरगन्ज कारागारका ४ कैदी बन्दीले एसईई परीक्षा दिँदै

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.6kViews
1869 Shares

बीरगन्ज,०७ चैत । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बीरगन्ज कारागारका चार जना कैदी बन्दी पनि सहभागी भएका छन् । एसइईमा बीरगन्ज कारागारमा रहेका विभिन्न मुद्दाका चार जना पुरुष कैदी बन्दी सहभागी भएका हुन् ।

कारागारका कैदी बन्दीलाई कारागारभित्र नै एसइई दिने व्यवस्था गरिएको बीरगन्ज कारागारका प्रमुख (जेलर) खिमराज भुसालले बताए ।

भुसालका अनुसार, एसइई सहभागी हुन एक जनाले बाराबाट र तीन जनाले पर्साबाट परीक्षा फारम भरेको जेलर भुसालले बताए ।

पर्सा जिल्लाबाट यस वर्ष कुल ११ हजार ४१३ विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन् ।जसमा ५ हजार ७३६ छात्रा र ५ हजार ६७७ छात्र रहेका छन् । जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएको छ । २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा परीक्षा केन्द्र तोकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *