वीरगन्ज :

पोखरामा विदेशी पर्यटकसँग दुर्व्यवहार गरेका एनएमबी बैंकका कर्मचारी जीवनाथ बरालले मागे माफी

श्रेणी : अन्तर्राष्ट्रिय

1 day
Pradeep Sah
2.3kViews
1521 Shares

पोखरा,२७ फागुन । पोखरामा एक वर्षअघि पिकनिकमा आएका विदेशी पर्यटकसँग दुर्व्यवहार गरेको घटनामा संलग्न एनएमबी बैंकका कर्मचारी जीवनाथ बरालले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन्।

बरालले एक विज्ञप्ति जारी गर्दै भने, “उक्त घटना एक वर्ष पुरानो हो। मैले ती कुराहरू रमाइलोको लागि भनेको थिएँ, तर मेरो प्रस्तुत गर्ने शैली ठीक थिएन। त्यसैले म गम्भीर रूपमा माफी माग्छु। मेरो उद्देश्य कसैलाई अपमानित गर्ने थिएन।”

के थियो घटनाको विवरण?
पोखरामा आयोजित एक पिकनिकमा संयोगवश एक विदेशी पर्यटक सहभागी भएका थिए। समूहले पाहुनालाई आतिथ्य सत्कार गर्दै खाना खुवाएका थिए। तर खाना खाएपछि जीवनाथ बरालले विदेशी पाहुनासँग तीन सय रुपैयाँ तिर्नुपर्ने, नभए भाँडा माझ्नुपर्ने वा आफ्नो साइकल छाड्नुपर्ने भन्दै असहज स्थिति सिर्जना गरेका थिए।

विदेशी पर्यटकले पैसा तिर्ने इच्छा देखाए पनि समूहका अन्य सदस्यहरूले हस्तक्षेप गर्दै माहोल शान्त पारे। घटनाक्रमकै बीच बरालले अनुमति बिना भिडियो खिच्न नपाइने चेतावनी पनि दिएका थिए।

भिडियो भाइरल भएपछि आलोचना, बरालको माफी
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बरालप्रति तीव्र आलोचना भएको थियो। सार्वजनिक दबाब बढेपछि उनले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन्।

यो घटनाले पर्यटन नगरीका रूपमा परिचित पोखरामा पाहुनाहरूप्रति व्यवहार कस्तो हुनुपर्छ भन्ने प्रश्न उठाएको छ। स्थानीयहरूले विदेशी पर्यटकहरूप्रति नकारात्मक छवि बन्न नदिन सचेत रहनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *