वीरगन्ज :

मकवानपुरमा नवजात शिशुको शव फेला

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.4kViews
1194 Shares

हेटौंडा,२१ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित डम्पिङ साइटमा मंगलबार साँझ सालनालसहितको नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको छ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मनहरीका निरीक्षक विशाल सापकोटाले बताए। “शिशु एकरदुई दिनअघि जन्माएर त्यहाँ फालिएको हुनसक्छ,” उनले भने।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा तीन नवजात शिशु फालिएको घटना दर्ता भएको छ। तीमध्ये एक नवजात मृत अवस्थामा भेटिएको थियो भने दुई शिशुलाई प्रहरीले जीवितै उद्धार गरेको थियो।

प्रहरीले नवजात शिशु त्यहाँ कसले र किन फालेको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *