वीरगन्ज :

बीरगन्ज अलौका स्थानीयद्वारा पत्रकारविरुद्ध प्रदर्शन

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.6kViews
1377 Shares

बीरगन्ज,१८ फागुन । बीरगन्जको अलौमा स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।भारतबाट घरायसी सामान ल्याउन अवरोध भएपछि स्थानीयले सडक जाम गर्दै पत्रकारहरूप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनीहरूका अनुसार पत्रकारहरूले सीमा क्षेत्रमा फोटो खिचेर समाचार लेख्ने गर्दा प्रहरीले कडाइ गर्दै घरायसी सामान ल्याउन नदिएको गुनासो गरेका छन्। बीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौ र वडा नम्बर २५ सिर्सिया का स्थानीयले आफूहरूले विवाह, ब्रतबन्ध र घरायसी प्रयोजनका लागि भारतबाट सामान किनेर ल्याउँदा पत्रकारहरूले फोटो खिचेर प्रहरीलाई खबर गर्ने गरेको आरोप लगाएका छन्।

स्थानीय छठु साह भन्छन्,”घरको लागि चामल, प्याजजस्ता सामान ल्याउँदा फोटो खिचेर प्रहरीलाई खबर गरिन्छ। त्यसपछि प्रहरीले झन् कडाइ गर्छ, जसले गर्दा हामीलाई निकै समस्या हुन्छ।”

त्यस्तै, अर्का स्थानीय जयराम का अनुसार,”पत्रकारहरू दिनभर सीमाक्षेत्रमै बसेर फोटो खिच्छन्, जसले गर्दा प्रहरीले झन् कडाइ गर्छ। अब त विवाह ब्रतबन्धका सामानसमेत ल्याउन गाह्रो भएको छ।”

स्थानीय बासिन्दाले पत्रकारहरू सीमाक्षेत्रका अन्य स्थानमा पनि फोटो खिचेपनि विशेष गरी अलौलाई बदनाम गराउने उद्देश्यले समाचार लेख्ने गरेको आरोप लगाएका छन्।

“सशस्त्र प्रहरीले घरायसी सामान ल्याउन दिएको भए पनि नेपाल प्रहरीले झन् कडाइ गरिरहेको छ,” स्थानीयको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *