वीरगन्ज :

समाजवादी युवा सङ्घको केन्द्रीय उपाध्यक्षमा खातुन चयन

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.9kViews
1295 Shares

बीरगन्ज,१८ फागुन । जनता समाजवादी पार्टी (जसपा) को भातृ सङ्गठन समाजवादी युवा सङ्घको केन्द्रीय उपाध्यक्षमा पर्साकी सल्मा खातुन चयन भएकी छन्। शनिबार भैरहवामा सम्पन्न राष्ट्रिय भेलाले उनलाई सर्वसम्मत रूपमा महिला उपाध्यक्ष पदमा चयन गरेको हो।

खातुन जनता समाजवादी पार्टी, पर्साकी प्रभावशाली नेतृ हुन्। यसअघि उनले पोखरिया नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन्।

भेलाले असलम खानको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ। केन्द्रीय महासचिवमा पर्साकै सरोज यादव चयन भएका छन्। केन्द्रीय कमिटीमा बीरगन्जका प्रकाश शर्मा पनि चयन भएका छन्।

पर्साबाट केन्द्रीय सदस्यमा कुन्दन सिंह पटेल, सन्दीप यादव, अमित यादव, गौरव वर्मा, मुन्ना गरी, कृष्ण पटेल र अली हसन मनोनीत भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *