सुनसरी,१४ फागुन । सुनसरीको कोशी गाउँपालिका–३ मा माछा मार्न गएका ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना का अनुसार प्रारम्भिक अनुसन्धानमा करेन्ट लागेका कारण मृत्यु भएको देखिए पनि पोस्टमार्टम रिपोर्टपछि विस्तृत जानकारी आउने बताएका छन्।
घटनापछि आक्रोशित स्थानीयवासी तथा मृतकका आफन्तहरूले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेका थिए। अवस्था नियन्त्रणमा लिन सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र घटनास्थल पुगेका छन्।
मृत्युको वास्तविक कारणबारे शंका व्यक्त गर्दै स्थानीयहरूले न्यायको माग गरेका छन्। प्रशासनले घटनाको निष्पक्ष छानबिन गर्ने आश्वासन दिएपछि स्थिति केही सामान्य बनेको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाका सम्बन्धमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया