वीरगन्ज :

पाँच वर्ष मुनिका बालबालिकाका लागि पोषण प्रदर्शनी

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.3kViews
1184 Shares

बीरगन्ज,१२ फाल्गुन ।वीरगन्जस्थित एभरग्रीन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सले पोषण सम्बन्धी जनचेतना फैलाउन आयोजना गरेको एक दिने “पोषण प्रदर्शनी” सोमबार सम्पन्न भएको छ । नेपालमा अझै पनि  पाँच वर्ष मुनिका बालबालिकामाझ कुपोषण, खाइनखाइ, र सूक्ष्म पोषक तत्वहरूको कमी देखिन्छ।यस्तो अवस्थामा पोषण प्रदर्शनीले आमाबुवा, अभिभावक र समुदायलाई बालबालिकाको सही पोषणबारे सचेतना दिने महत्त्वपूर्ण भूमिका खेल्छ ।

समुदायका मानिसहरूमा सन्तुलित आहारको महत्त्वबारे जागरूकता फैलाउनु हो, जसले गर्दा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण, कम तौल जस्ता समस्याहरू न्यूनीकरण गर्न सकियोस् भन्ने यस प्रदर्शनीको मुख्य उद्देश्य रहेकाे छ ।

हाम्रो प्रदर्शनीमा विभिन्न स्टलहरू राखिएका छन्, जहाँ ४० जना विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी शिशु , टोडलर, प्रि-स्कुलर आदिका स्टलहरूमा खटाइएको छ। विद्यार्थीहरूले अभिभावकहरूलाई बालबालिकाले के खानुपर्छ र के खानुहुँदैन भन्ने जानकारी प्रदान गर्दै छन्। साथै, एक दिनमा बच्चाले कति परिमाणमा खाना खानुपर्छ, कति प्रोटिन, कार्बोहाइड्रेट, बोसो, भिटामिन आदिको आवश्यकता पर्छ भन्नेबारे पनि जानकारी दिइन्छ।

यस प्रदर्शनीले अभिभावकहरूलाई सही पोषण सम्बन्धी ज्ञान प्रदान गरी बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

प्रदर्शनीका मुख्य उदेश्यहरुमाकुपोषणबारे जनचेतना वृद्धि, सन्तुलित आहारको प्रवर्द्धन, सही खुवाउने तरिकाको प्रदर्शन, पोषक तत्वहरूको कमी रोकथाम रहेको छ ।

प्रदर्शनीले यी पोषक तत्वहरूको स्रोत, महत्त्व, र अभावले पार्ने असरबारे जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ ।

पोषण प्रदर्शनी पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य सुधारका लागि एक महत्त्वपूर्ण माध्यम हो। यसले कुपोषण न्यूनीकरण, उचित खानपानको प्रवर्द्धन, तथा स्वस्थ भविष्य निर्माण गर्न टेवा पु¥याउने अपेक्षा गरिएको छ । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *