वीरगन्ज :

उपराष्ट्रपति यादव बारा आउँदै

श्रेणी : मधेस

5 months
Pradeep Sah
1.6kViews
1082 Shares

वीरगन्ज,१२ फाल्गुन । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज आफ्नो गृह जिल्ला बारा आउँदैछन् ।

सोमबार विहानको ‘फस्ट फ्लाइट’ ले उपराष्ट्रपति यादव गृह जिल्ला आउन लागेका हुन । उपराष्ट्रपति यादव जिल्लाको परवानीपुर गाउँपालिका आउने कार्यक्रम छ ।

परवानीपुरस्थित केडिया आँखा अस्पतालको ‘स्वर्ण महोत्सव’ समारोहमा प्रमुख अतिथिको रुपमा सरिक हुन उनी आउन लागेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सिमरा विमानस्थलबाट उपराष्ट्रपति यादव सिधै कार्यक्रमस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको केडिया आँखा अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ‘स्वर्ण महोत्सव’ को अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपतिज्यूले पहिला आँखा अस्पतालको कार्यक्रममा सहभागी हुनेछन् । करिब २ घण्टा चल्ने अस्पताल परिसरभित्रको कार्यक्रम सहभागी भइसकेपछि उनी त्यसपछि क्लार्क रिसोर्टमा आयोजित कार्यक्रममा सहभागी हुने तालिका रहेको केडिया आँखा अस्पतालका श्रीकान्त कानुले बताए ।

उनका अनुसार क्लार्क रिसोर्टमा चिकित्सकहरुसंगको अन्तरक्रिया र सांस्कृति कार्यक्रमको आयोजना गरिएको छ ।

यी सबै कार्यक्रमको समापनपछि उपराष्ट्रपति यादव आजै साँझको अन्तिम फ्लाइटले राजधानी काठमाडौं फर्किने कार्यक्रम रहेको उपराष्ट्रपतिका स्वकीय सचिव आनन्द यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *