वीरगंज,१२ फागुन ।मानव अधिकार तथा शान्ति समाज पर्साले समाजिक सञ्जाल बिधयेक मानव अधिकार मैत्री नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । समाजले जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा सोमवार धर्ना दिनुका साथै पर्साका सहायक जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री ओलीलाई समाजिक सञ्जाल बिधेयकलाई मौलिक हक तथा मानव अधिकार मैत्री बनाउँन आग्रह गरेको छ ।
मानव अधिकार तथा शान्ति समाज पर्साको सभापती सुनिन्द्र ठाकुरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको मानव अधिकारकर्मीहरुको टोलीले पर्साको सहयाक जिल्ला अधिकारी निशान राज गौतमलाई सो पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउन अघि समाज पर्साका पदाधिकारी तथा मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा आधि घण्टा धर्ना समेत दिएका दिए । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव प्रेम पटेल,जिल्ला सचिव अभिलासा कर्ण, उप–सभापती ऋषिराज सत्याल,आजीवन सदस्य उमेश शर्मा, जिनुमाया त्वायना, कृष्ण पासवान लगायत मानव अधिकारीकर्मीहरुको सहभागीता रहेको थियो ।
ज्ञापन पत्रमा नेपाल सरकारले माघ १३ गते राष्ट्रिय सभामा पेश गरेको समाजिक सञ्जाल संचालन,प्रयोग तथा नियमन सम्बन्ध बनेको बिधेयक मौलिक हक,प्रेस र अभिव्याक्ति स्वतन्त्रताको मर्म विपरित दुरुपयोग हुन सक्ने संम्भावना रहेकाले विज्ञ तथा सरकारवालाहरसँग व्यापक परार्मश गरी बिद्येयकलाईै मौलिक हक÷मानव अधिकार र प्रयोगकर्तामैत्री बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
अभिव्याक्ति, स्वतन्त्रता, आधारभूत मानव अधिकार हो भन्ने घृणात्मक अभिव्याक्ति अपराध हो मानव अधिकार तथा शान्ति समाज सदैव अभिव्याक्ति स्वतन्त्रताको पक्षमा र घृणात्मक अभिव्याक्तिको विपक्षमा रहने पत्रमा उल्लेख छ ।
प्रतिक्रिया