वीरगन्ज :

फेसबुक लाइभ अब ३० दिनपछि मेटिने

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.1kViews
1245 Shares

काठमाडौं,११ फागुन । फेसबुकले फेब्रुअरी १९ देखि नयाँ नीति लागू गर्दै ३० दिनपछि लाइभ भिडियोहरू मेटिने व्यवस्था गरेको छ। यदि प्रयोगकर्ताले लाइभ भिडियो डाउनलोड नगरे वा रिल्समा परिवर्तन नगरे, उक्त भिडियो ३० दिनपछि स्वचालित रूपमा हट्नेछ।

फेसबुकका अनुसार अधिकांश लाइभ भिडियोहरू सुरुको केही हप्तामै धेरै हेरिने भएकाले स्टोरेज व्यवस्थापनका लागि यस्तो नीति अपनाइएको हो।

डाउनलोड गर्ने ३० दिनभित्र भिडियो डाउनलोड गरेर सुरक्षित राख्न सकिने।रिल्समा परिवर्तन गर्ने लाइभ भिडियोलाई फेसबुकको रिल्स फिचरमा रूपान्तरण गर्न सकिने।क्लाउडमा स्टोर गर्ने फेसबुकले ड्रपबक्स वा गुगल ड्राइभमा भिडियो स्थानान्तरण गर्ने सुविधा दिएको छ।मेटिने समय स्थगित गर्ने यदि डाउनलोड गर्न समय नभएमा, फेसबुकले ६ महिनासम्म स्थगित गर्ने विकल्प दिनेछ।

फेसबुकले पुराना लाइभ भिडियोहरू मेटाउनुअघि प्रयोगकर्तालाई इमेल वा एपमार्फत सूचना पठाउने छ। साथै, डाउनलोड तथा स्थानान्तरण प्रक्रिया सरल बनाउन मार्गदर्शनहरू उपलब्ध गराउनेछ।

नयाँ नीतिअनुसार, ३० दिन पुराना लाइभ भिडियोहरू हट्ने भएकाले प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण भिडियो सुरक्षित राख्न समयमै आवश्यक कदम चाल्नुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *