वीरगन्ज :

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको नवनिर्वाचित कार्यसमितिले गर्‍यो सपथ ग्रहण

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.0kViews
1395 Shares

वीरगन्ज, ०८ फागुन । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण आज सम्पन्न भएको छ। हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित सभापति वृजकिशोर पटेलसहित अन्य पदाधिकारी तथा सदस्यहरूले सपथ लिएका छन् ।

नयाँ कार्यसमितिमा उपसभापतिका रूपमा मधु राणा र भगवती चौधरी निर्वाचित भएका छन् भने मन्त्रीमा विनोद गिरी, कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत, र उपकोषाध्यक्षमा पबित्रा गजुरेल चुनिएका छन् ।

त्यस्तै, सदस्यहरूमा शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद गुप्ता, जितेन्द्र कुमार वर्मा, बाबुनन्द चौरसिया, अलिअसगर देवान, जयकान्त उपाध्याय, कविता खड्का, मूना खनाल, र बबिता कुमारी कानु निर्वाचित भएका छन्।

उपमन्त्री पदका लागि संतोष कुमार गुप्ता र साविर अहमद एराजले बराबर मत पाएपछि उक्त पदको सपथग्रहण स्थगित गरिएको निर्वाचन अधिकृत नारायण तिमिल्सिनाले जानकारी दीए । निर्वाचन अधिकृत तिमिल्सिनाले अन्य निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *