वीरगन्ज :

सर्लाहीमा जङ्गली हात्तीको आतंक

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1819 Shares

सर्लाही,०८ फाल्गुन । सर्लाहीमा दुई दिनयता जङ्गली हात्तीको समूहले आतंक मच्चाइरहेको छ। महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरी आएका पाँचवटा हात्तीले स्थानीय बस्तीमा व्यापक क्षति पुर्‍याएका छन्।

लालबन्दी नगरपालिका–१७, रानिगन्जका किसान शिवहरि गौतमले व्यावसायिक रूपमा थालेको केरा खेती हात्तीको आक्रमणले तहसनहस बनेको छ। हात्तीले २०० भन्दा बढी केराको बोट नष्ट गर्नुका साथै वरपरका किसानको मकैबालीसमेत सखाप पारेको छ।

यसअघि मंगलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा हात्तीको समूहले ८६ वर्षीय धनमाया तामाङको कच्ची घर भत्काइदिएको थियो। दिनहुँ दोहोरिने यस्ता घटनाले स्थानीयवासी त्रसित भएका छन्।

हात्ती आतंक रोकथामका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *