वीरगन्ज :

विमानस्थलबाट अवैध विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.7kViews
1980 Shares

काठमाडाैं, ०४ फाल्गुन । अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान रहेका छन् । उनलाई शनिबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा निजलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उनको अवैध मुद्रा भेटिएपछिक पक्राउ गरिएको हो ।

उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपियाँ, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १ सय २२ थान बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *