वीरगन्ज :

झापामा नेपाल प्रहरीका सई मृत अवस्थामा फेला

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
2.6kViews
1062 Shares

काठमाडौं, ४ फाल्गुन । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् ।

झापा भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

‘शव आज बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ’, चौहानले भने, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक चौहानले जाकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *