वीरगन्ज :

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय फागुन १२ गतेदेखि सञ्चालनमा

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
2.3kViews
1912 Shares

बीरगन्ज,०२ फागुन । पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय सञ्चालन हुने भएको छ।

संघीय मन्त्रिपरिषद्को पुस ९ गतेको निर्णयअनुसार, दुवै कार्यालय फागुन १२ गतेदेखि सञ्चालनमा आउने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले जानकारी दिएका छन्।

उनका अनुसार, कार्यालय सञ्चालन भएपछि पर्साका सात वटा पालिकाका सेवाग्राहीहरूलाई सेवा लिन वीरगन्ज धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।

नयाँ कार्यालयबाट पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई, जगरनाथपुर, र पकहाँमैनपुर गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सेवा विस्तारसँगै नागरिकलाई जमिन नापजाँच, नामसारी, रजिस्ट्री लगायतका कार्य सहज हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *