
श्रेणी : प्रदेश
3.0kViews
1686
Shares
जनकपुर,०२ फागुन । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित घारीबथान नजिकै बस दुर्घटना भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाँके जंगलको घारीबथान जाने चोकमा ना ७ ख ३६४३ नम्बरको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा १५ जना घाइते भएका छन्। बर्दिबासमा आयोजित लघु वित्तीय संस्थाविरुद्ध संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किरहेका यात्रुहरू सवार बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार, तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेहरूलाई उपचारका लागि लालबन्दीतर्फ पठाइएको छ। दुर्घटनापछि बस चालक फरार भएका छन्, र प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया