वीरगन्ज :

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.2kViews
1068 Shares

नवलपरासी,३० माघ । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी ३५ वर्षीय अनिता हरिजनको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

मंगलबार बिहान त्रिवेणी ब्यारेजबाट नदीमा हाम फालेकी महिलालाई बिओपी विनयी त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको नेतृत्वमा सुरक्षा फौजले उद्धार गरेको हो।

घटनाबारे जानकारी पाउनासाथ उद्धार टोलीले उनलाई तत्काल नदीबाट बाहिर निकालेर त्रिवेणी स्वास्थ्य चौकीमा उपचारको लागि पठाएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *