वीरगन्ज :

चितुवाको छालासहित एक जना पक्राउ

श्रेणी : अपराध

4 weeks
Pradeep Sah
2.6kViews
1933 Shares

कैलाली, २९ माघ । चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।

विशेष सूचनाको आधारमा सोमबार राति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार गेस्ट हाउसमा छापा मारेको थियो । त्यहाँ बसिरहेको अवस्थामा साउदलाई फेला पारी खानतलासी गर्दा उनले झोलाभित्र लुकाई राखेको एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको थियो ।

प्रहरीका अनुसार टाउको देखि पुच्छरसम्म छालाको ८ फिट २ इन्च लम्बाई र २ फिट २ इन्च चौडाइ रहेको छ । उनलाई पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *