वीरगन्ज :

हतारमा जारी अध्यादेशले सुशासनमा प्रश्न उठाएकाे टीआई नेपालको चेतावनी

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
3.0kViews
1778 Shares

काठमाडौं, २८ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारद्वारा गत पुसमा जारी विभिन्न अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले आइतबार जारी विज्ञप्तिमा हतारमा जारी गरिएका अध्यादेशहरूले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै सरकारको राजनीतिक नियतमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।

विशेषतः भूमिसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेशले राज्यको वन, प्राकृतिक सम्पदा, भूउपयोग र बसोबास जस्ता संवेदनशील विषयमा पारदर्शिता अभाव देखिएको टीआई नेपालको भनाइ छ। विज्ञप्तिमा यी संवेदनशील विषयहरूलाई सीमित र स्पष्ट कानूनी ढाँचामा व्यवस्थापन गर्नुपर्नेमा सीमारहित प्रत्यायोजन गरिएको आलोचना गरिएको छ ।

टीआई नेपालले पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने व्यवस्थाहरू ऐनमार्फत स्थापित हुनुपर्ने भन्दै निर्वाचित संसदलाई जनताको हितका लागि प्रभावकारी कानूनी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *