
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडाैं,२७ माघ । दिल्लीकी मुख्यमन्त्री आतिशीले आइतबार बिहान पदबाट राजीनामा दिएकी छन्। आम आदमी पार्टी (AAP) बाट मुख्यमन्त्री रहेकी उनले विधानसभा चुनावको नतिजा सार्वजनिक भएको भोलिपल्ट उपराज्यपाल वी.के. सक्सेनाको राज निवासमा पुगेर आफ्नो राजीनामा बुझाएकी हुन्।
दिल्ली राज निवासको आधिकारिक एक्स ह्यान्डलमार्फत यसको पुष्टि गर्दै तस्बिर सेयर गरिएको छ। पोस्टमा लेखिएको छ, “माननीय उपराज्यपाल वी.के. सक्सेनाले मुख्यमन्त्री आतिशीको राजीनामा स्वीकृत गर्नुभएको छ। नयाँ सरकार गठन नभएसम्म उनले कार्यवाहक रूपमा पदमा रहन आग्रह गरिएको छ।”
शनिबार (फेब्रुअरी ८) सार्वजनिक भएको दिल्ली विधानसभा चुनाव २०२५ को नतिजामा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत हासिल गर्दै ४८ सिट जितेको छ, भने आम आदमी पार्टी २२ सिटमा खुम्चिएको छ। २७ वर्षपछि भाजपा फेरि दिल्लीको सत्तामा फर्किएको हो। यसपटक कांग्रेसले भने एउटा पनि सिट जित्न सकेन।

प्रतिक्रिया