वीरगन्ज :

ललितपुरबाट बालकको अपहरण, भियतनामी नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
Pradeep Sah
2.9kViews
1694 Shares

काठमाडौं, २७ माघ । ललितपुर महानगरपालिका-१२ पाटनबाट चार वर्षीय चेपाङ थरका बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले भियतनामी नागरिक मि हाङ किन्हालुनलाई पक्राउ गरेको छ ।

२४ माघ राति करिब ८ बजेर २० मिनेट जाँदा बालक हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसबाट बन्धक अवस्थामा उद्धार गरेको प्रहरीले जनाएको छ ।

अपहरण आरोपमा पक्राउ परेका मि हाङ किन्हालुनको उमेर २३ वर्ष रहेको छ। घटनाबारे विस्तृत जानकारी दिन प्रहरी निकट भविष्यमा पत्रकार सम्मेलन गर्ने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *