श्रेणी : मधेस
      1.8kViews
      
      
      1155
      Shares
      
      
बीरगन्ज,२७ माघ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ पिपरा टोलमा शनिबार राति विद्युत सर्टका कारण आगलागी भएको छ।
स्थानीय शिवशंकर गिरीको फुसको घरमा राति करिब ९ बजेतिर लागेको आगोबाट अन्नपात, लत्ताकपडा लगायत गरी करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक राजाराम यादवले बताए।
आगो नियन्त्रणका लागि स्थानीयवासी, महादेवपट्टी प्रहरी चौकी, इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीको टोलीले संयुक्त रूपमा प्रयास गरेको थियो।
    
    
    
									
									
        
        
प्रतिक्रिया