वीरगन्ज :

नेपाल–भारतमा अपराधिक गतिविधि गर्ने गिरोहका चार सदस्य सिराहामा पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
Pradeep Sah
2.5kViews
1200 Shares

जनकपुरधाम, २४ माघ । नेपाल र भारतमा अपराधिक गतिविधि गर्ने गिरोहका एक भारतीयसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ बस्ने वर्ष ४५ का इन्दल भन्ने इन्द्रनारायण चौधरी, वर्ष ३१ का भैरव भन्ने देवकुमार मुखिया, लहान नगरपालिका ४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतीय नागरिक पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल छन् ।

मंगलबार लहान नगरपालिका–७ लहान बजारस्थित विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाँका गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनीहरुमाथि जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु नेपाल र भारतमा लुटपाट, अपहरण, धम्काएर चन्दा असुल्ने जस्ता अपराधिक ‘डी’ ग्रुप चलाउने गरेका छन् । भारतीय प्रहरीले पनि सोही समूहका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *