वीरगन्ज :

वीरगञ्जमा ट्रकले स्कुटरलाई ठक्कर, चालक गम्भीर, ट्रक चालक नियन्त्रणमा

श्रेणी : BANNER

6 hours
Pradeep Sah
2.9kViews
1138 Shares

बीरगन्ज,२३ माघ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चौकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

बारा जिल्लाको परवानीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ५१ प ८४२५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९८८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर बाराको प्रसौनी गाउँपालिका–४ की २२ वर्षीय मधु सुक्ला गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था चिन्ताजनक रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

स्कुटरमा सवार अर्का यात्रु सामान्य घाइते भएकी छन्।

यसैबीच, दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ का ४१ वर्षीय पूरण सिंह लोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसमेत नियन्त्रणमा लिइएको डिएसपी लम्सालले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *