वीरगन्ज :

भारतीय नागरिकले नक्कली कागजातमार्फत नेपाली नागरिकता लिएको खुलासा

श्रेणी : अन्तर्राष्ट्रिय

5 hours
Pradeep Sah
2.1kViews
1990 Shares

वीरगन्ज, २३ माघ । वीरगन्जमा भारतीय नागरिक अशोक तुलस्यानका छोरा अंशु तुलस्यानले नक्कली कागजातका आधारमा नेपाली नागरिकता लिएको तथ्य सार्वजनिक भएको छ। उनले नाम परिवर्तन गरी ‘अन्तरिक्ष तुलस्यान’ बनेर नागरिकता प्राप्त गरेको स्रोतले जनाएको छ।

अन्तरिक्ष तुलस्यानले आफू पहिले भारतीय नागरिक रहेको स्वीकार्दै हाल नेपाली नागरिकको रूपमा सेवा गरिरहेको दाबी गरेका छन्। “मेरो वास्तविक नाम अंशु नै हो तर अहिले अन्तरिक्ष तुलस्यानको नाममा यहाँ नेपाली नागरिकको रूपमा बसेको छु,” उनले भने।

अशोक तुलस्यान वीरगञ्जमा भन्सार क्लियरिङ एजेन्टका रूपमा कार्यरत छन्। नागरिकता प्राप्त गरेपछि अन्तरिक्ष तुलस्यानले नेपाली नागरिकका लागि उपलब्ध विभिन्न सेवा र सुविधामा सहभागिता जनाइरहेको बुझिएको छ ।

यस घटनापछि स्थानीयवासीले नागरिकता प्रणालीमा कडाइ गर्न र यस्ता अनियमिततामा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *