वीरगन्ज :

०८४ काे निर्वाचनमा सबै तहमा एक्लै प्रतिस्पर्धा गर्ने महासचिव पुनकाे दाबी

श्रेणी : प्रदेश

6 hours
Pradeep Sah
2.2kViews
1565 Shares

धनगढी, २३ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन्। प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनले एमालेसँगको अघिल्लो पार्टी एकता र गठबन्धन असफल भएपछि वामपन्थी एकता सम्भव नभएको बताए।

पूर्वमन्त्री पुनका अनुसार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक धोका दिइसकेकाले माओवादीले तेस्रो पटक विश्वास नगर्ने निर्णय लिएको छ। ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ। ओलीजीबाट फेरि धोका खाने पक्षमा छैनौँ,’ पुनले स्पष्ट पारे ।

पुनले ओलीकै आग्रहमा कोर्स करेक्सन गरेर वाम गठबन्धन सरकार बनाएको तर ओलीले फेरि प्रतिशोध साँधेको आरोप लगाए। ‘ओली कमरेडले अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण नगर्दा गल्ती भएको स्वीकार गरे पनि व्यवहार फेरिएन,’ पुनले थपे।

उनले माओवादीलाई अहिले प्रतिपक्षमै बस्ने सल्लाह प्राप्त भएको जानकारी दिँदै आगामी निर्वाचनमा सबै तहमा एक्लै प्रतिस्पर्धा गर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *