श्रेणी : अपराध
      2.0kViews
      
      
      1152
      Shares
      
      
काठमाडौं, २२ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नक्कली इमेल बनाएर ठगीमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन्। प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा र लोगो दुरुपयोग गरेर ठगी गर्ने सुनसरीका २० वर्षीय मनिष कुमार मेहता र २१ वर्षीय ईन्द्रजित यादवलाई नियन्त्रणमा लिइएको हो।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो। ठगी गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले फेक इमेलमार्फत सरकारी संस्थाको छवि दुरुपयोग गर्ने साइबर अपराधलाई कडाइका साथ अनुसन्धान गर्दै जाने जानकारी दिएको छ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया