श्रेणी : अपराध
1.9kViews
1682
Shares
वीरगन्ज,२१ माघ । पर्सा प्रहरीले विशेष अभियानमार्फत करिब ३ लाख ७० हजार ९९० रुपैयाँ बराबरका भन्सार छली गरिएका लत्ताकपडा र खाद्यान्न बरामद गरेको छ ।
डिएसपी किशोर लम्सालका अनुसार माघ १९ गते प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा अपरेसन सञ्चालन गर्दै बिना कानुनी प्रक्रिया भारतबाट ल्याइएका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको छ ।
प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रण गर्न अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्थानीय बासिन्दाहरूले पनि यस्तो गैरकानुनी गतिविधि रोक्न निगरानी थप कडा पार्न आग्रह गरेका छन् ।

प्रतिक्रिया