वीरगन्ज :

ठोरीमा १० कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.6kViews
1269 Shares

बीरगन्ज,१६ माघ । ठोरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा अबैध गाँजा खेती फाडेर नष्ट गरेको छ।

ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार ठोरी गाउँपालिका-४ निर्मलबस्ति क्षेत्रमा रहेको १० कठ्ठा एलानी जग्गामा लगाइएको गाँजा खेती फाडेर नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त गाँजा खेती कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *