वीरगन्ज :

यातायात कार्यालय सार्ने प्रयासविरुद्ध रुम्जाटारमा स्थानीयको आन्दोलन

श्रेणी : प्रदेश

1 week
Pradeep Sah
2.2kViews
1066 Shares

काठमाडाैं, १४ माघ । ओखलढुंगाको रुम्जाटारस्थित यातायात कार्यालय हर्कपुर सार्ने प्रयासको विरोधमा स्थानीयबासी र एमाले कार्यकर्ताहरूले आक्रोशित हुँदै एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

नारा जुलुससहित आएका स्थानीय युवाहरू र पार्टी कार्यकर्ताहरूले कोसी प्रदेश सरकारको निर्णयप्रति असन्तोष जनाउँदै तालाबन्दी गरेका हुन्। घटना क्रममा जिल्ला कमिटीको परामर्श बैठक चलिरहेका बेला कार्यालयभित्रै नेताहरू थुनिएका थिए ।

चार वर्षदेखि सवारी नवीकरण, चालक अनुमतिपत्र वितरण, र कर संकलनको सेवा प्रदान गर्दै आएको यो कार्यालय ओखलढुंगा, खोटाङ, र सोलुखुम्बु जिल्लाका लागि केन्द्र बनेको छ। स्थानीयले जग्गा उपलब्ध गराए पनि प्रदेश सरकारले पास गर्ने सहमति नदिएको भन्दै कार्यालयलाई हर्कपुर सार्ने योजना अघि बढाएको थियो ।

आन्दोलनमा उत्रिएका स्थानीयको नेतृत्व गरेका विवेक तामाङले भने, “रुम्जाटारबाट कार्यालय सार्न खोजिएको षड्यन्त्रको विरोधमा हाम्रो आन्दोलन जारी रहनेछ। कार्यालय यहीं राख्नुपर्छ ।”

प्रदेश सरकार एमालेकै नेतृत्वमा भएकाले पार्टी कार्यकर्ताहरूले विरोधस्वरूप पार्टी कार्यालयमा तालाबन्दी गर्दै दबाब सिर्जना गरेका छन्। प्रदेश सरकारले पुनर्विचार नगरेसम्म आन्दोलन अझै तीव्र बनाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *