श्रेणी : मधेस
वीरगंज १२ माघ – लिटिल बडी प्री स्कुलको दोस्रो वार्षिकोत्सब शुक्रवार कलासीक पार्टी प्यालेजमा एक समारोहबीच भब्य रुपमा सम्पन्न भएको छ। लिटिल बडी प्री स्कुलका डाइरेक्टर बिजय बलको अध्यक्षता तथा बीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत हरि राउतको प्रमुख आतिथ्यमा सो स्कुलको वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राउतले शिक्षा क्षेत्रको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन जरुरी रहेको बताएका छन् ।
बिधालयले वर्षभरि गरेका गतिविधिको बारेमा आफ्नो नानीहरूले के गरेका छन् भन्ने बारेमा अभिभावकले जानकारी लिने यो अवसर रहेको बताए ।त्यसैगरी साउथजोन माध्यमिक बिधालयका प्रिन्सिपल एवम् प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले भने यश बिधालयको गतिविधि धेरै नै उपलब्धि रहेको बताएका छन् ।
अहिले बिधालयले आफ्नो विद्यार्थीहरु मार्फत अभिभावकहरुलाई विभिन्न नृत्यनाटक गरेर सबैलाई हर्षित गर्ने काम विद्यार्थीहरुबाट भएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । वर्ष भरि बिधालयले कस्ता शिक्षा प्रदान गरेको छ भन्ने अवसर अभिभावकहरुले आजको दिन हेर्न पाउने बताएका हुन ।
कार्यक्रममा प्याब्सन पर्साका पुर्व अध्यक्ष पुरन प्रधान ,पुर्व उपाध्यक्ष शिवजी गुप्ता प्याब्सनका महानगर अध्यक्ष एवम् लिटिल बडी प्री स्कुलका संचालक राहुल श्रीवास्तव,प्याब्सन नगर कोषाध्यक्ष सुरजबावु पटेल ,प्याब्सन मधेस प्रदेशका सल्लाहकार लालबाबु कुर्मी सल्लाहकार हरि श्याम ठाकुर ,,एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह,प्याब्सन महानगर पुर्व अध्यक्ष आलोक चौरसिया,डिएभी आरबी केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्र,लिटिल बडी प्री डाइरेक्टर शम्या गङगाधरण,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनि पाख्रिङ्ग लगायत विभिन्न बिधालयका प्रिन्सिपलहरुको उपस्थित रहेको थियो ।
विद्यार्थीहरुले विभिन्न संस्कृतिक तथा नृत्य प्रस्तुति गरेका थिए। कार्यक्रमको स्वागत मनतब्य लिटिल बडी प्री स्कुलका संचालिका सिर्जना श्रेष्ठले गरेकी थिइन् ।
प्रतिक्रिया