वीरगन्ज :

नेकपा (एकिकृत समाजवादी) पर्साको अध्यक्षमा बालगोपाल थापा निर्वाचित

श्रेणी : BANNER

7 months
Pradeep Sah
2.7kViews
1207 Shares

बीरगन्ज,१२ माघ । नेकपा एकिकृत समाजवादी पार्टी पर्साको वीरगंजमा शनिवार सम्पन्न अधिवेशनले बालगोपाल थापा अध्यक्षमा सर्वसहमत हुनु भएको छ । साथै अधिवेशनले ७९ सदस्य जिल्ला कमिटी समेत सर्वसहमत निर्वाचित गरेको छ ।

सर्वसहमती रुपमा निर्वाचित भएको कमिटीको उपाध्यक्ष बिक्रम चौरसिया,शंकर कुमार कर्ण,सचिवमा गंगाबहादुर खड्का त्यसैगरी उप सचिवमा मंजुर आलम,टेकनारायण महतो,योग माया तमांग लगायतका चयन भएका छन् ।

निर्वाचन कमिटीलाई आजै राधेमाई मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा नेकपा एसका मधेश कमिटी ईन्चार्ज धर्मनाथ साहले सपथ खुवाएका थिए ।

यसअघि षुस २८ भएको अधिवेशनले राजनितिक तथा संगाठनिक प्रतिवेदन पारित गर्दै १२ गते निर्वाचन गर्ने मिति तोकेको थियोे । तर पर्तिका बहुसंख्यक सदस्यहरुले निर्वाचन अध्यक्ष मण्डललाई सर्वसहमती मै छान्ने जिम्मा दिएपछि सर्वसहमत रुपमै नेतृत्वको टुंगिएको हो ।

अधिवेशनमा पार्टीका स्थाइ कमिटी सदस्य एवं मधेश प्रदेश सह इन्चार्ज नागेन्द्र चाैधरी,रामचन्द्र यादव मधेश प्रदेश अध्यक्ष,मधेश प्रदेश सचिव सुधिर साह,केन्द्रीय सदस्य रामचन्द्र साह, मनाेन चाैधरी र मालती कुशवहा लगायतकाे उपस्थिती रहेकाे थियाे । नव निर्वाचित अध्यक्ष थापाले नेकपा एकिकृत समाजवादी पर्सालाई थप मजबुद बनाउँने तथा संगठन विस्तारको कार्यलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिक्रिया दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *