वीरगन्ज :

भन्सार दिवसको अवसरमा बीरगन्जमा ९० विरुवा रोपियो

श्रेणी : अर्थ

8 months
Pradeep Sah
1.6kViews
1678 Shares

बीरगन्ज,१० माघ । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा बीरगन्ज भन्सार कार्यालयले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। बिहीबार बीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार क्षेत्रको सडक छेउमा विभिन्न प्रजातिका ९० विरुवा रोपिएका छन्।

भन्सार गेटदेखि शंकराचार्य प्रवेशद्वारसम्म वृक्षारोपण गरिएको कार्यक्रममा प्रमुख भन्सार प्रशासक दिपक लामिछानेको प्रमुख आतिथ्यता र सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष संजय शर्माको अध्यक्षता रहेको थियो।

कार्यक्रममा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक, राजेन्द्र ढुंगाना, लेखा अधिकृत हृदय नारायण साहलगायतको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *